Advertisement Ad

तेह्रथुमको टुटेमा एक युवा मृत फेला

Advertisement Ad

९ वैशाख २०८१, तेह्रथुम। लालीगुराँस नपा–१ टुटेमा आइतबार बिहान एक युवा मृत भेटिएका छन्।

त्यहाँस्थित कोशी करिडोर २२० केभीए विद्युत सवस्टेशन परिषरमा सोही स्थान बस्ने २१ बर्षीय आयुश गुरुङ मृत भेटिएका हुन्। निर्माणधिन सवस्टेशन परिषरभित्र गुरुङको शव फेला परेपछि मृतक गुरुङका आफन्तले बिहान केहि समय तनाब सिर्जना गरेका थिए।

उनीहरुले सवस्टेशन सुरक्षा गार्ड क्वाटरमा ढुङ्गामुढा गरी सामान्य क्षति पुर्याएको इलाका प्रहरी कार्यालय वसन्तपुरका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले बताए। उनीहरुले सुरक्षा गार्डलाई समेत कुटपिट गरेको प्रहरीले जनाएको छ।

मृतकका आफन्तले गुरुङको हत्या भएको दाबि गर्दै छानबिनको माग गरेका छन्। गुरुङको के कारणले मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरिक्षक एक्तेनले जानकारी दिए।