Advertisement Ad

चुमेर तस्बिर… (गीत)

Advertisement Ad

– मदन मुर्च्छना

चुमेर तस्बिर, औंला भएर
खोजिरहें तिमीलाई नै, औडाहा भएर

जूनको रातभरी, सपनाहरु देख्नु थियो
केहि भन्नु थियो, रहर मेट्नु थियो
बगेछ आँसुहरु, नदी भएर
सम्झिरहें मनको सधैं, बन्दी भएर

हजारौं हजार सागरहरु, तर्नु थियो
सँगै फुल्नु थियो, अनि झर्नु थियो
सहेछु व्याथाहरु, ढुङ्गा भएर
पर्खिरहें तिमीलाई नै, डुङ्गा भएर ।