Advertisement Ad

किसोरीमाथि जबरजस्ती करणीको प्रयास गरी फरार रहेका युवक भैँसीलाई करणी गर्दागर्दै समातिए

Advertisement Ad

११ जेठ २०८१, ताप्लेजुङ। एक किसोरीलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको अभियोग लागेका ताप्लेजुङका एक युवक गोठमा बाँधेको भैँसीलाई करणी गर्दै गरेको अवस्थामा भेटिएका छन्।

उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। ती युवक ताप्लेजुङको फुङलिङ नगरपालिका–१० फुरुम्बुका २९ बर्षीय बिक्रम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता, प्रहरी निरीक्षक कमल कुमार लुङ्गेलीले बताए।

तामाङले बुधबार साँझ ५ बजेतिर विद्यालयबाट घर फर्किरहेकी एक १६ बर्षीया किसोरीलाई बाटोमा जबरजस्ती कणरी गर्ने प्रयास गरेका थिए। युवतीले हारगुहार गरेपछि स्थानीयहरु घटनास्थल पुग्दा उनी त्यहाँबाट फरार भएका थिए।

निजको खोजीकार्य गर्ने क्रममा सोहि दिन साँझ ६ बजे गोठमा बाँधेको भैँसीलाई करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेका थिए। उनलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएको बताइएको छ।

उनीमाथि जबरजस्ती करणी उद्योग र पशु करणी कसुरमा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक लुङ्गेलीले जानकारी दिए।