Advertisement Ad

फिदिममा यक्वा तङनामको अवशरमा शुभकामना आदान–प्रदान

Advertisement Ad

११ जेठ २०८१, पाँचथर। किरात याक्थुङ चुम्लुङ पाँचथरको आयोजनामा बिहीबार फिदिम–१ फाल्गुनन्द चोकस्थित चुम्लुङहिममा यक्वा तङनामको अवशरमा शुभकामना आदान–प्रदान गरिएको छ।

चुम्लुङकर्मी एवंम् याक्थुङ (लिम्बू)जन्य संघ–संस्थाका प्रतिनिधिहरको उपस्थितिमा यक्वा तङनाम २०८१ को शुभकामना आदान–प्रदान गरिएको हो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङ र याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपती राजेन्द्र कुमार जबेगु लगायतले यक्वा तङनामको साँस्कृतिक महत्व, मुन्धुमी विश्वास र आख्यानको बारेमा प्रकाश पारेका थिए।

याक्थुङ (लिम्बू) समाजमा मोबेःक्वा (उधौली) र थोबेःक्वा (उभौली) को अवशरमा विधिपूर्वक प्रकृतिलाई पुज्ने प्रचलन छ। मोबेःक्वा (उधौली)को अवशरमा पाकेका अन्नबाली प्रकृतिलाई चढाएपछि मात्र मानिसले खाने प्रचलन अन्तर्गत पाकेका अन्नबाली प्रकृतिलाई चढाइन्छ। जसलाई चासोक तङनाम भनिन्छ। यसलाई न्वागी पूजा पनि भन्ने गरिन्छ।

थोबेःक्वा (उभौली)को अवशरमा भने बिउबिजन र अन्नबाली सप्रिएर आओस्, राम्रो फल लाओस्, हावाहुरी, बाढीपहिरोले क्षति नपुर्याओस्, खेतीपातीको काम गर्दा कुनै किसिमको चोकपटक नलागोस्, कुनै किमिमको अनिष्ट नहोस भनेर विधिपूर्वक प्रकृतिलाई नै पुजिन्छ। यहिं नै यक्वा सेवा अर्थात् यक्वा तङनाम हो।

यहिं अवशरमा चुम्लुङ पाँचथरले शुभकामना आदान–प्रदान गरेको हो। कार्यक्रम कियाचु पाँचथरका अध्यक्ष सुरेन शिशिर केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव कमल हाङसरुम्बाले बताए।