Advertisement Ad

Advertisement Ad

फिदिममा राष्ट्रिय मुक्ति क्रान्तिले संयोजक राजेन्द्र महतोको उपस्थितिमा संवाद गर्ने

११ जेठ २०८१, पाँचथर। राष्ट्रिय मुक्ति क्रान्तिले शनिबार फिदिममा संवाद कार्यक्रम गर्ने भएको छ।

नेपाललाई २१ औं शताब्दीको एक असफल राष्ट्रबाट सफल राष्ट्रमा रुपान्तरण गर्न अभियानको उदेश्य रहेको राष्ट्रिय मुक्ति क्रान्तिले दाबि गर्दै आएको छ। राज्यबिहीन राष्ट्रका जनताहरुलाई राज्यसँग जोड्दै सबैको साझा नेपाल बनाउने पनि अभियानको उदेश्य रहेको बताइदै आएको छ।

यहिं अभियानलाई सार्थक बनाउन पाँचथर सदरमुकाम फिदिममा पनि संवाद गर्न लागिएको अभियन्ता सनम लिम्बूले बताए। पञ्चायतको कोशी अञ्चललाई नै निरन्तरतामा दिँदै एकल गोत्रीय र नश्लीय रुपले प्रदेशको नामकरण गरिएकाले यसको सशक्त भण्डाफोर गरिने पनि बताइएको छ।

शनिबार दिउँसो पाँचथर उद्योग वाणिज्य संघको सभाहलमा हुने संवाद कार्यक्रममा पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतो, बौद्धिक नेता बुद्ध छिरिङ मोक्तान, अभियन्ता कमला गुरुङ, केशव झा, सुमन सायमी, अनिल महासेठ लगायतको सहभागिता रहने बताइएको छ।

उक्त संवाद कार्यक्रममा जिल्लास्थित पहिचानवादी नेता, अभियन्ता, बुद्धिजिवी, युवा, विद्यार्थी, सञ्चारकर्मी लगायतको उपस्थिति रहने अभियन्ता लिम्बूले बताए।