Advertisement Ad

मेची राजमार्गको हेंवाखोलामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना गम्भिर घाइते

Advertisement Ad

११ जेठ २०८१, पाँथचर। मेची राजमार्ग अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ हेंवाखोलामा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

बा १७ प ७९९९ नम्बरको त्रिशक्ती कन्ट्रक्सनको कर्मचारी बोक्ने टोयोटा गाडी दुर्घटना हुँदा सोहि गाडीका चालक नेपालगञ्ज घर भएका ३५ बर्षीय श्याम विश्वकर्माको मृत्यु भएको हो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी इलाम घर भएका ३१ बर्षीय लक्ष्मण मुखिया गम्भिर घाइते भएका छन्। उनलाई जिल्ला अस्पताल पाँचथरमा प्राथमिक उपचारपछि थप उपचारका लागि झापा पठाइएको छ।

गाडी सडकदेखि २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी पाँचथरले जनाएको छ।