Advertisement Ad

किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सम्पन्न

Advertisement Ad

८ साउन २०८१, काठमाडौँ। याक्थुङ (लिम्बू)हरुको सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ पोर्चुगलको पाँचौँ अधिवेशन सोमबार सम्पन्न भएको छ।

त्यहाँस्थित लिस्बनमा जुलाई २२ तारिख (सोमबार) सम्पन्न अधिवेशनले रुकमान केरुङ लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्यसमितिको उपाध्यक्ष ज्ञानु केदेम लिम्बू, योगिता चोङबाङ, महासचिव राजकुमार खजुम, सचिव रक्षा लिम्बू, कोषाध्यक्ष गङ्गा थेबे र सह–कोषाध्यक्ष उमेश इधिङ्गो रहेका छन्।

त्यस्तै सदस्यहरुमा दिनेश लिम्बू, शान्ति आङदेम्बे, धनसिं लिम्बू, विकाश थेगिम, सोहन लिम्बू, सुरेश लिम्बू, अभिषेक लिम्बू र प्रेम आङबो रहेका छन्। कार्यसमिति १५ सदस्यीय रहेको छ। सर्वसम्मत रुपले कार्यसमिति निर्वाचित भएको निर्वाचन समिति संयोजक रोबोट लिम्बूले बताए।

नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ समेत गरिएको थियो। कार्यक्रममा मौलिक साँस्कृतिक नृत्य र गीत–संगीत प्रस्तुत गरिएको थियो।

चुम्लुङ पोर्चुगललाई याक्थुङ (लिम्बू)हरुको भाषा, लिपी, कला, संस्कृतिको संरक्षण र हक अधिकार सुनिश्चिततासँगै पोर्चुगलमा रहेका याक्थुङ (लिम्बू)हरुलाई संगठित गर्न अग्रसर गराइने नव निर्वाचित अध्यक्ष केरुङले बताए।