Advertisement Ad

Advertisement Ad

सौर्य एयरलाइन्सको जहाज दुर्घटना

८ साउन २०८१, काठमाडौँ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज आज बिहान दुर्घटनामा परेको छ।

काठमाडौँबाट पोखराका लागि उडेको जहाज विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुजेलले जानकारी दिए।

विमानमा चालक दलका सदस्य सहित १९ जना थिए। दुर्घटनास्थलबाट क्याप्टेन ३७ बर्षीय मनिष शाक्यको उद्धार गरिएको छ।

९ एन–एएमई सीआरजे २०० विमान भुइँमा खसेलगत्तै आगो लागेको थियो। नेपाल आर्मी र अग्नि नियन्त्रकको टोलीले आगो निभाएर केही शवहरु निकालेका छन्। उद्धारकार्य जारी छ।