८ साउन २०८१, काठमाडौँ। आज बिहान ११ः१५ बजे दुर्घटनामा परेको सौर्य एयरलाइन्समा रहेका सबै सोही एयरलाइन्सको कर्मचारी रहेको बुझिएको छ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजमा चालक दलका २ सदस्य सहित १९ जना थिए। उनीहरु सौर्य एयरलाइन्सकै कर्मचारी भएको बुझिएको एसएसपी मैनालीले जानकारी दिए। थप विवरण भने आउन बाँकि छ। घटनास्थलबाट शवहरु निकालेर महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको छ।
काठमाडौँबाट पोखराका लागि उडेको ९ एन–एएमई÷सीआरजे २०० जहाज दुर्घटनामा परेको हो। क्याप्टेन ३७ बर्षीय मनीष शाक्यको उद्धार गरेर केएमसी अस्पताल लगिएको छ। उनको आँखामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको एसएसपी मैनालीले बताए।
