१७ साउन २०८१, पाँचथर। फालेलुङ गाउँपालिकास्थित खेदोक खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा फालेलुङ–५ बस्ने बालकृष्ण राईका छोरा ११ बर्षीय दिप राई रहेको प्रहरीले जनाएको छ। उनलाई बुधबार दिउँसो साँढे १२ बजेतिर खेदोक खोलामा डुबिरहेको अवस्थामा स्थानीयले भेटेका थिए।
स्थानीय कालिका माध्यमिक विदालय, कक्षा–६ मा अध्ययनरत दिप स्कुल जान्छु भनि घरबाट हिंडेका थिए। उनलाई खोलामा नुहाउन पुगेका स्थानीयले डुबिरहेको अवस्थामा भेटि प्रहरीलाई खबर गरेका थिए।
उनी पेन्ट र बेल्ट मात्र लगाई मृत अवस्थामा भेटिएका थिए। किताब, कपि सहितको उनको झोला खोलाको किनारामा भेटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरिक्षक बिनालाल साह तेलीले बताए।
