१७ साउन २०८१, ताप्लेजुङ। सानसिक सन्तुलन ठिक नभएकी एक १३ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाका २८ बर्षीय अमृत गुरुङलाई प्रहरीले पक्राउ गरेको हो। उनले ती बालिकालाई मकैबारीमा लडाएर जबरजस्ती करणी गरेको पीडित पक्षको आरोप छ।
त्यस्तै मानसिक सन्तुलन ठिक नभएकी ४७ बर्षीय महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिकाका २६ बर्षीय आशिष प्राङदेनलाई पक्राउ गरेको छ। उनीमाथि साउन १४ गते ती मलिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोप छ।
पक्राउ गरिएका दुबै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी, प्रहरी निरिक्षक कमल कुमार लुङगेलीले बताए।
