Advertisement Ad

कियाचु यूएईले सिसेक्पा तङनाम मनायो

Advertisement Ad

१८ साउन २०८१, काठमाडौँ। किरात याक्थुङ चुम्लुङ यूएईले सिसेक्पा तङनाम ५०८४ (वि.सं.२०८१) जुलाई २८ तारिखका दिन भव्य रुपले मनाएको छ।

बरदुबईस्थित याक एण्ड यति एभरेष्ट क्लवको सभाहलमा कियाचु यूएईका अध्यक्ष कमल बहादुर लाओतीको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष पोबो थेबे सेमीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कियाचु यूएईका सल्लाहकार डम्बर लिबाङले सिसेक्पा तङनामको साँस्कृतिक महत्वबारे प्रकाश पारेका थिए।

चुम्लुङ यूएईका सल्लाहकार खड्क पन्धाक र उपाध्यक्ष बिक्रम वजिहाङ साम्माङको स्वागत मन्तव्यसँगै अघि बढेको कार्यक्रममा प्रमुख अतिथि, नेपाल आदिबासी जनजाति महासंघ (नेफिन) यूएईका अध्यक्ष बिक्रम पन्धाक लिम्बू मिसाम, संघीय लिम्बुवान सामाजिक मञ्च यूएईका अध्यक्ष भिम अधिकारी, नेफिन यूएईका सल्लाहकार कुमार बलामी, थुप्पोको थेबे लिम्बु समाज यूएईका संयोजक मिलन थेबे, किरात धर्म तथा साहित्य उत्थान संघ यूएईकी अध्यक्ष शिवरात्री नाल्बो, युमा साम्यो महासभा यूएईका अध्यक्ष राम कुमार योङहाङ बैदारे ठुले लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा याक्थुङ (लिम्बू)हरुको संस्कृति र परम्परा अनुसार अनिकाल खेदाउदै सहकाल भित्र्याउने बिधि कियाचु यूएईका सल्लाहकार डम्बर लिबाङ, सह–कोषाध्यक्ष सन्तोष माङदेन, र केलाङ् कलाकार हेम फोम्बोले गरेका थिए।

सोही अवशरमा कियाचुको आजीवन सदस्यता तथा संरक्षक सदस्यता वितरण गरिएको थियो। द भ्वाइस अफ् माङसेबुङ २०८० का विजेता गायक दिनेश कुमार लिम्बूलाई चुम्लुङ यूएईले सम्मान गरेको महासचिव मनिषा खाम्दाकले बताइन्। कार्यक्रम याक्थुङ (लिम्बू) भाषाबाट सञ्चालन गरिएको थियो।

औपचारिक कार्यक्रम समापनपछि सांस्कृतिक कार्यक्रम गरिएको थियो। कियाचु यूएईकी सांस्कृतिक विभाग प्रमुख रस्ना लिम्बु निङ्वासा र चुम्लुङ सदस्य तथा कलाकार दिनेश योङहाङले सञ्चालन गरेको साँस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरुद्वारा गायन, नृत्य र केलाःङ् प्रस्तुत गरिएको कियाचु यूएईका प्रवक्ता भूमी इधिङ्गो यम्भामीले बताइन्।