Advertisement Ad

Advertisement Ad

तेह्रथुमको आठराईमा नवजात शिशुको शव भेटियो

१८ साउन २०८१, तेह्रथुम (आठराई)। जिल्लाको आठराई गाउँपालिका–७ थोक्लुङमा नवजात शिशुको शव भेटिएको छ।

थोक्लुङस्थित भालुखोप टोलको एक सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको छ। त्यहाँस्थित नगेन्द्र श्रेष्ठको घरपछाडिको ट्वाइलेटको सेफ्टी ट्याङ्कीमा नवजात शिशुको शव भेटिएको हो।

नवजात शिशुको शव कसको हो र कसले किन फाल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका सूचना अधिकारी, प्रहरी निरिक्षक प्रमोद खड्काले जानकारी दिए।

शिशुको शव जिल्ला अस्पताल तेह्रथुम लाने कार्य भइरहेको सूचना अधिकारी खड्काले बताए।