Advertisement Ad

Advertisement Ad

किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमको भवन निर्माण

१८ साउन २०८१, तेह्रथुम। म्याङलुङ नगरपालिका–१ मा किरात धर्म तथा साहित्य उत्थान संघको भवन निर्माण सम्पन्न भएको छ।

सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत ५० लाख रुपैंयाँ लागतमा चार कोठाको दुई तले पक्कि भवन निर्माण सम्पन्न भएको हो। शौचालय सहितको आफ्नै भवन निर्माण भएपछि संघको संस्थागत गतिबिधिहरु गर्न थप सहज हुने किरात धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका अध्यक्ष राजकुमार तेयुङ तरेबाले बताए।

संघको नाममा रहेको एक रोपनी आठ आना जग्गामा भवन बनेको हो। त्यहाँ राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक सहितको पार्क यसअघि नै निर्माण गरिएको थियो। महागुरु फाल्गुनन्दले वि.सं.१९८५ मा सात दिन सात रात सेवा गरेको पवित्र स्थानमा भवन निर्माण गरिएको किरत धर्म तथा साहित्य उत्थान संघ तेह्रथुमका कोषाध्यक्ष रेवत सावादेनले बताए।