Advertisement Ad

पाँचथर प्रहरीद्वारा आर्थिक बर्ष २०८०–८१ को बार्षिक प्रतिवेदन सार्वजनिक, एक बर्षमा २३७ मुद्धा दर्ता

Advertisement Ad

इवारा जवेगु

१८ साउन २०८१, पाँचथर। जिल्ला प्रहरी कार्यालय पाँचथरमा आर्थिक वर्ष २०८०–८१ मा २ सय ३७ मुद्धा दर्ता भएका छन्। जसमध्ये १ सय १२ ओटा मुद्धा फर्छ्यौट भएका छन्। १ सय २५ मुद्धा प्रक्रियामा रहेका छन्। घटनाका अभियुक्त १ सय ७२ जनामध्ये १ सय ४२ जना पक्राउ परेका छन् भने ३० जना अझै फरार रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरले शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गर्दै आर्थिक वर्ष ०८०–८१ को काम कारबाहीका साथै जिल्लामा घटेको सम्पूर्ण अपराधिक घटना र प्रशासनिक कार्यहरुको प्रतिवेदन सार्वजनीक गरेको छ।

प्रहरीको तथ्याङ्क अनुसार जिल्लामा आत्महत्या गर्नेको संख्या उच्च देखिएको छ। गत आर्थिक वर्षमा मात्र झुण्डिएर ५८ जना र बिष खाएर ५ जनाले आत्महत्या गरेका छन्। यस बाहेक सबैभन्दा धेरै भवितव्य ज्यान सम्बन्धी ४० र ११ जना मृत फेला परेका छन्। यी मुद्धा प्रक्रियामै रहेको प्रहरीको भनाई छ।

ज्यान सम्बन्धी १, आत्महत्या दुरुत्साहन २, चोरी १७, ठगी २, लागूऔषध दुव्र्यसन ९, साइबर सम्बन्धी कसुर १, अभद्र व्यवहार ३१, बैंकिङ कसूर ७, वहुविवाह ७, जबरजस्ती करणी ११, जबरजस्ती करणी उद्योग ५, वालयौन दुव्र्यवहार ४, सवारी ज्यान ६, सवारी भ.त. ३, सवारीबाट अंगभंग १, हातहातियार खरखजाना १, ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग, शरिर बन्धक १ गरि जम्मा २ सय ३७ मुद्धा दर्ता भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

गत आर्थिक वर्षमा ४ हजार २ सय ३५ सवारी ट्राफिक नियम उल्लघङ्घन गर्ने कारबाहीमा परेका थिए। जसबाट २३ लाख ३६ हजार राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमख, प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारीले बताए। सो अवधीमा ४६ ओटा सवारी दुर्घटना हुँदा १० जना मानिसको मृत्यु र ९६ जना घाइते भएका भण्डारीले जानकारी दिए। ट्राफिक नियम सम्बन्धी १ हजार ३ सय १५ पटक सचेतना कार्यक्रम गरिएकोमा १८ हजार ७ सय ३९ जना लाभान्वित भएका पनि प्रहरीको भनाई छ।

यस सँगै जिल्लामा २१ पुरुष, ४२ महिला, ७ बालक र २२ जना बालिका हराएकामा ६ पूरुष र ३ महिलाबाहेक सबै फेला परेका प्रहरीको भनाई छ। गत आर्थिक बर्षमा घरेलु हिंसा र महिला हिंसा पीडित भएको भन्दै ८८ जना महिलाले जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दर्ता गराएका थिए। उजुरी भएका मध्ये ८१ ओटा मुद्धा फर्छ्यौट भएका छन्। बाँकि ७ ओटा अझै पनि प्रक्रियामा नै रहेका छन्।

प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा जिल्लामा आगलागीबाट १ जनाको मृत्यु, १ महिला घाइते भएकी छिन्। त्यस्तै २२ चौपाया, पंक्षी मृत्यु र ४ घाइते, भौतिक क्षति (घर) पूर्ण ३१, आंसिक ४, गोठ ३०, सवारी साधन १ र वन ५२ गरि जम्मा अनुमानित ३ करोड, ८१ लाख, ६३ हजार, ६ सय रहेको छ।

बाढी पहिरोबाट अनुमानित ६५ लाख, ३५ हजार बराबरको भौतिक क्षति भएको छ। बाढि पहिरोबाट १०९ घरपरिवार विस्थापित भएको पनि तथ्याङ्कमा उल्लेख गरिएको छ।