Advertisement Ad

Advertisement Ad

साउण्ड व्यवसायी आङ्देम्बे अब गायनमा, पहिलो गित ‘चेपारो घस्दै’ सार्वजनिक (भिडियो सहित)

२० साउन, २०८१ पाँचथर । पुर्वको पाँचथर लगायतका जिल्लामा साउण्ड सिस्टम भन्ने बितिकै पहिलो नाम हो ‘न्यु लाईट साउण्ड सिस्टम’ फिदिम ।

उक्त साउण्ड सिस्टमका सञ्चालक हुन सुर्य आङदेम्बे ।
एकदशक अघिदेखि साउण्ड व्यवसायमा लागेका आङदेम्बेले आफ्नो आवाजमा पहिलो गित सार्वजनिक गरेका छन् ।

बिहिवार जी मिडिया कनेक्शन अफिसियल युट्यूव च्यानलमा   सार्वजनिक गरिएको ‘चेपारो घस्दै’ बोलको म्युजिक भिडियोमा आङ्देम्बे र गायिका बबिना किरातीको आवाज सुन्न सकिन्छ ।गितमा मिलन किरातीको शव्द तथा विक्रम राईको संगीत रहेको छ ।

 छायांकार, निर्देशक तथा कलाकार भुपेन्द्र तुम्बाहाङफे लिम्बूको निर्देशन रहेको म्युजिक भिडियोमा क्रिस गुरुङ र विना राउतले अभिनय गरेका छन् । मौसम हिमालीको कोरीयोग्राफी तथा कल्पना लिम्बूको श्रृङगार रहेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन । थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको भिडियोमा डान्स र गायक गायिकाको समेत फिचरिङ देख्न सकिन्छ ।

साउण्ड व्यवसायमा लामो समय काम गर्दागर्दै आफू गायनमा आकर्षित भएको गायक आङ्देम्बेले बताए । “सानैदेखि गायनमा रुचि थियो, तर परिस्थितिबस साउन्ड व्यवासायी भएँ ।” आङ्देम्बेले भने “सायद अब यो क्षेत्रमा पनि अगाडी बढ्छु होला ।”  ‘चेपारो घस्दै’ म्युजिक भिडियो आफ्नो पहिलो अनुभव भएकोले दर्शकहरुको प्रतिक्रिया आफ्नोलागी महत्त्वपूर्ण रहने गायक आङ्देम्बेले बता

Video हेर्न