Advertisement Ad

तेह्रथुममा जनता समाजवादी पार्टी नरहेको घोषणा

Advertisement Ad

२० साउन २०८१, तेह्रथुम। जनता समाजवादी पार्टी नेपाल (जसपा) तेह्रथुम नरहेको घोषणा गरिएको छ।

आइतबार जसपा तेह्रथुमका अध्यक्ष लोक बहादुर सिंघकले पार्टी परित्याग सँगै जसपा नेपाल तेह्रथुम नरहेको घोषणा गरे। अध्यक्ष सिंघकसँगै २३ सदस्यीय जिल्ला कार्य समितिका सबै पदाधिकारी र सदस्यले एकैसाथ पार्टी छाडेको बताएका छन्।

म्याङलुङ नगरपालिका–१ पुतली बजारमा रहेको पार्टी कार्यालयको बोर्ड हटाउदै उनीहरुले पार्टी छाडेको जनाएका हुन्। बोर्ड हटाउने कार्यक्रममा जसपा प्रदेश समिति सदस्य नारायणमान गुरुङ पनि सहभागि थिए। उनले पनि पार्टी छोडेको बताए।

पार्टी केन्द्रमा देखिएको विभाजन, सत्ता लिप्सा, मूल मुद्धाप्रति नेतृत्वको उदासिनता आदि कारणले पार्टी छोड्नु परेको उनीहरुको भनाई छ। पार्टी परित्याग गरे पनि तत्काल कुनै संगठनमा आबद्ध नभई स्वतन्त्र रही पहिचानको आन्दोलनलाई सहयोग गर्ने उनीहरुले बताएका छन्।