Advertisement Ad

फिदिममा करेन्ट लागेर १५ बर्षीय किशोरको मृत्यु

Advertisement Ad

९ भदौ २०८१, पाँचथर। फिदिम नगरपालिका–२ पल्लोटारमा करेन्ट लागेर एक १५ बर्षीय किशोरको मृत्यु भएको छ।

शनिबार साँझ करीब पौने ५ बजेतिर नुवाकोट घर भई फिदिम–२ पल्लोटार, जोरपीपलस्थित रंगलाल सिवाको घरमा बस्दै आएका ठाकुर पाण्डे र कल्पना राईका छोरा १५ बर्षीय युवराज पाण्डेलाई करेन्ट लागेको थियो।

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग्दा पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।