Advertisement Ad

फिदिम नगरको आर्थिक सहयोगमा नाङ्गिनका तावा दम्पतीले पाए नयाँ घर

Advertisement Ad

२३ भदौ, २०८१ पाँचथर । आर्थिक बिपन्न फिदिम १२ का भक्तबहादुर तावा दम्पतीले नयाँ घर पाएका छन ।

आइतबार फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपानेको उपस्थितिम घर हस्तान्तरण गरिएको हो । घर फिदिम नगरपालिकाको सहयोग र स्थानीयको जनश्रमदानबाट निर्माण गरिएको हो । लामो समयदेखि जिर्ण अवस्थाको घरमा बस्दै आएका तावा दम्पतीले नयाँ घर पाएपछि खुशी भएका छन । पहिला भुकम्पले घर भत्काइदिएपछी जिर्ण अवस्थाको घरमा बस्दै आएको तावाले बताए।


नगरभित्रका कुनै पनि नागरिक घरवारविहीन हुन नपरोस भन्ने उदेश्यका साथ नगरपालिकाले जिर्ण घरमा बस्दै आएका आर्थिक बिपन्न नागरिकलाई घर बनाइदिएको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बताए । हालसम्म नगरभित्र ४ सय भन्दा बढी घरहरु निर्माण गरेर हस्तान्तरण गरेको काफ्लेले बताए ।


बिगत ३ महिना अगाडिदेखि स्थानीयको जनश्रमदानबाट घर निर्माणको काम थालिएको घर स्थानीय पुन्य प्रसाद दुलालले बताए । घर निर्माणका लागि करिब ३ लाख खर्छ भएको दुलालले बताए। स्थानीय सरकार आम नागरिकको अविभावकको रुपमा उभिएकोमा दुलालले खुशी व्यक्त गरे।

पहिलेको घर –

घर हस्तान्तरण कार्यक्रमकै अवसरमा तावा दम्पतीलाई लत्ताकपडा, खाद्यसामाग्री पनि उपलब्ध गराइएको फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए ।