Advertisement Ad

रत्ना लिङ्देन लावतिद्वारा हजारौं किताब र नगद वितरण

Advertisement Ad

काठमाडौ – २२ भदौ २०८१ शनिबार ।
लिम्बु पुस्तकालयलाई एकहजार थान किताब र २९ हजार रकम वितरण गरिएको छ । शनिबार याक्थुङ मुन्चइत चोक सयङ्का संघीय सदस्य, कलाकार, समाजसेवी तथा होटल ब्यवसायी रत्ना लिङ्देन लावतिले लिम्बु बिद्यार्थी मञ्च सुनसरीलाई वितरण गरेका हुन । लिम्बु बिद्यार्थी मञ्च सुनसरीद्वारा स्थापित ‘लिम्बू पुस्तकालय’ धरानका अध्यक्ष सन्जोक लिम्बू र पुर्व अध्यक्ष हरी इवाहाङ्लाइ वितरण गरेका हुन । पहिलो लिम्बू न्यायाधीश स्वर्गीय श्यामप्रसाद लावतिको स्मृतिमा वितरण गरिएको उनको श्रीमती लिङ्देनले बताइन् । स्वर्गीय न्यायाधीशले संकलन गरेका ऐतिहासिक कृतिहरु ब्यवस्थित गर्न यो कार्य गरिएको बताइन् ।