Advertisement Ad

Advertisement Ad

लिम्बू साँस्कृतिक परिषद ललितपुरको अधिवेशन सम्पन्न, अध्यक्षमा दिलिप लुम्फुङवा

२२ भदौ २०८१, काठमाडौ। किरात याक्थुङ चुम्लुङ, लिम्बू साँस्कृतिक परिषद ललितपुरको चौ‌थो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

चुम्लुङहिम ललितपुरमा सम्पन्न चौथो जिल्ला अधिवेशनले दिलिप लुम्फुङवालाई अध्यक्षमा निर्वाचित गरेको छ । यसरी नै सचिव धनकुमार लिम्बू, कोषाध्यक्ष खड्ग नुगो लिम्बू र सदस्यहरुमा दिलकुमार चोङबाङ, रणबहादुर लिम्बू, विष्णुमाया लिम्बू र मिनकुमार लिम्बू निर्वाचित भएका छन् ।

किरात याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष गोविन्द आङ्बुङकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लिम्बू साँस्कृतिक परिषदका संघीय अध्यक्ष सागर केरुङ, कियाचु ललितपुर अध्यक्ष क्याप्टेन टंक जबेगु, काठमाडौ सचिव टेक काम्बाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लिम्बू साँस्कृतिक परिषदले निर्माण गर्न लागेको याक्थुङ राष्ट्रिय गानलाई पूर्णता दिन वक्ताहरुले जोड दिएका थिए ।