Advertisement Ad

Advertisement Ad

पाँचथरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते

२२ भदौ २०८१, पाँचथर। जिल्लाको फिदिम नगरपालिकास्थित लालीखर्कमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।

मेची राजमार्गमा शनिबार मध्यान्ह १२ बजे उक्त दुर्घटना भएको थियो। लालीखर्कबाट सदरमुकाम फिदिमतर्फ आउँदै गरेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकललाई प्रदेश ०१–००१ ख ४३३४ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

दुर्घटनामा परी फिदिम–२ स्थित कृष्ण मैनालीको ट्याक्टर ग्यारेजमा काम गर्ने भारतको जोगवनी घर भएका, मोटरसाइकल चालक मोहम्मद इस्ताफ हुसेन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले बताए।

घाइते हुसेनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पाँचथरबाट झापा रेफर गरिएको छ। ट्रकका चालक हिलिहाङ गाउँपालिका–२ काबेलीका तिलक भण्डारी प्रहरी नियन्त्रणमा छन्।

घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रहरी नाउव उपरीक्षक भण्डारीले जानकारी दिए।