Advertisement Ad

नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेलले राजीनामा दिए

Advertisement Ad

२४ भदौ २०८१, काठमाडौ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पदबाट राजीनामा दिएका छन्।

दोस्रोपटक असोज ५ गतेका लागि तोकिएको नेपाल पत्रकार महासंघको चुनाव फेरि पनि नहुने निश्चित प्रायः देखिएपछि अध्यक्ष पोखरेलले राजीनामा दिएको बताइएको छ।

आइतबार बसेको महासंघको केन्द्रीय समितिको बैठकमा केन्द्रीय अध्यक्ष पोखरेलले मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने अडान लिएका थिए।

तर, विवाद नसुल्झि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्न नहुने अन्य सदस्यले भनेका थिए। अब असोज ५ गते पनि चुनाव नहुने अवस्था सिर्जना भएको छ।

यसै कारण अध्यक्ष पोखरेलले पदबाट राजीनामा दिएको बताइएको छ। महासंघको जिल्ला, प्रदेश र संघको अवधी गत चैतमै सकिएको हो।

तेस्रोपटक असोज ५ गते पत्रकार महासंघको चुनाव गर्ने मिति तोकिएको थियो।