Advertisement Ad

ग्रिनहिल एकेडेमी बोर्डिङ स्कुल फिदिम-७ मा बाल दिवसको अवसरमा विविध कार्यक्रम

Advertisement Ad

राम प्रसाद बाँस्कोटा

२८ भदौ २०८१, पाँचथर। ग्रिनहिल एकेडेमी बोर्डिङ स्कुल फिदिम नगरपालिका रानिटारले  बाल दिवसको अवसरमा शुक्रबार विद्यालयमा विविध सांस्कृतिकएवं खेलकुद कार्यक्रमको आयोजना गरेको छ।

                                           

फिदिम नगरपालिकाका उप प्रमुख राधाकृष्ण न्यौपानेको प्रमूख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ हुनेविद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमूख न्यौपानेले स्वच्छ प्रतिस्पर्धा गरीगुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्दै निजी विद्यालय संचालनका लागि  स्थानीय सरकारले गर्न सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरे।

कार्यक्रममा फिदिम नगरपालिका वडा नं का वडा सदस्य द्वय बलवहादर राई , भीमा कुमारी  दुलाल (बाँस्कोटा ), रानीटार मावि काशिक्षक ग्यनाथ बाँस्कोटा, पञ्चकन्या आधारभूत विद्यालयका  प्रधानाध्यापक राम प्रसाद बाँस्कोटा, स्थानीय समाजसेवी भीम बहादुरगुरुङ, माया तामाङ लगायतले विद्यार्थीहरुले शिक्षा पाउने अधिकार सुनिश्चित गर्नका लागि अभिभावक शिक्षक लगायत जुट्नु पर्नेकुरामा जोड दिदै  विद्यालयको विकास प्रगतिको शुभकामना दिएका थिए।

१५० जना विद्यार्थी अध्ययनरत रहेका, कक्षा सम्म पठनपाठन हुने सो बोर्डिङ स्कूलमा प्रथम त्रैमासिक परीक्षामा उत्कृष्ठ हुने  विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै सांस्कृतिक तथा खेलकुद प्रतियोगितामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कार समेतवितरण गरिएको विद्यालयका संस्थापक बलवहादुर  गुरुङले जानकारी दिए।

विद्यालयका लगानीकर्ता दिपेन्द्र  थापाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो।