Advertisement Ad

थामोथ सिं तुम्बापोको ८४ औं जन्म जयन्ती मनाइयो

Advertisement Ad

इवारा जबेगु लिम्बू

२२ असोज २०८१, पाँचथर। स्व. थामोथ सिं तुम्बापोको ८४ औँ जन्म जयन्ती मंगलबार  मनाइएको

फिदिम नगरपालिका वडा नं. चोकमागु, तिनघरेमा जन्मेका तुम्बापोको ८४ औँ जन्म जयन्ती मनाइएको हो

स्व. तुम्बापोका छोरानातीले आयोजना गरेको स्मृतिसभामा उनको जीवनगाथादेखि समाजमा पुर्याएको योगदानको चर्चा गरिएको थियो

कार्यक्रममा प्रमुख अथिति, फिदिम नगरपालिका नं.वडाका वडाअध्यक्ष भरत तुम्बापोले थामोथ सिं सत्य आदर्शको बाटोमा हिंडेका पुर्खा रहेकाले उनको बाटोलाई आजको पुस्ताले अनुसरण गर्नुपर्ने विचार व्यक्त गरे

कार्यक्रममा बोल्दै लेखक तथा अन्वेषक रमेश तुम्बापोले स्व. थामोथ सिं तुम्बापो महागुरु फाल्गुनन्दको अनुयायी भएका स्मरण गरे महागुरु फाल्गुनन्द लिङदेनको दर्शन अनुसार थामोथ सिं तुम्बापो सत्य समाज रूपान्तरणको बाटोमा हिंडेको तुम्बापोले बताए

तुम्बापो समाज सेवा संघका केन्द्रीय महासचिव सुवास तुम्बापोले आफ्ना पूर्वजहरुलाई स्मरण गर्नु सुन्दर कार्य भएको उल्लेख गर्दैथामोथ सिं का योगदानहरुको चर्चा गरेका थिए

कार्यक्रमा अन्य अथितिहरु शक्रराज तुम्बापो, रणसर तुम्बापो लगायतले पनि थामोथ सिं को योगदानको चर्चा गरेका थिए । कार्यक्रमलाई याक्थुङ (लिम्बू) भाषाबाट सञ्चालन गरिएको थियो कार्यक्रम बृजहाङ तुम्बापोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालक सन्तोष तुम्बापोले बताए