Advertisement Ad

युएइमा याक्थुङ (लिम्बू)हरुले मनाए वलिहाङ तङनाम, सोही अवरसरमा ताम्भुङ्चा कार्यक्रम समेत सम्पन्न

Advertisement Ad

२७ कार्तिक २०८१, युइए। किरात याक्थुङ चुम्लुङ युएइको अगुवाइमा युएइस्थित याक्थुङ (लिम्बू)जन्य संघ–संस्थाहरुले संयुक्त रुपमा पहिलोपटक वलिहाङ तङनाम र ताम्भुङ्चा कार्यक्रम सम्पन्न गरेका छन्।

किरात याक्थुङ चुम्लुङ युएइ, थुप्पोको थेबे लिम्बू समाज युएइ, किरात धर्म तथा साहित्य उत्थान संघ युएइ र युमा साम्यो महासभा युएइले संयुक्त रुपमा येले तङ्बे ५०८४ (विक्रम संवत २०८१) को वलिहाङ तङनाम मनाएका हुन्। सो अवसरमा ताम्भुङचा (वनभोज) कार्यक्रम समेत सम्पन्न भएको छ।

कार्यक्रममा मौलिक भेषभूषातर्फ थुप्पोको थेबे लिम्बू समाज युएइका अध्यक्ष पोबो थेबे सेमी र किरात याक्थुङ चुम्लुङ युएइकी केन्द्रीय सदस्य सन्जा लिम्बू उत्कृष्ट घोषित भएका थिए। खेलकुद प्रतियोगितातर्फ संस्थागत डोरी तान्ने खेलमा पूरुषतर्फ किरात याक्थुङ चुम्लुङ युएइ र महिलातर्फ थुप्पोको थेबे लिम्बू समाज युएइ विजयी भएका थिए। त्यस्तै सिलाम साक्मा बनाउने, तातो आलु जस्ता साँस्कृतिक र रमाइला खेल समेत खेलाइएको थियो। खेलकुद अन्तर्गतको संयोजन थुप्पोको थेबे लिम्बू समाज युइएको तर्फबाट मिलन थेबेले गरेका थिए।

सोही अवसरमा भाग्यशाली चिट्ठाको पनि ओपनिङ् गरिएको थियो। भाग्यशाली चिट्ठामा टिकट नं.१३१८ बबी प्रथम, टिकट नं.०९६८ दुक्छ्यान तामाङ द्वितीय र टिकट नं.१३०४ प्रत्युषा तित्रीय भएका थिए। उनीहरुले क्रमशः २५०० दिराम, १५०० दिराम र १००० दिराम पुरस्कार प्राप्त गरे।

कार्यक्रममा नाम्लिङ्गे लारिङ्गे खेलिएको थियो भने याक्थुङ (लिम्बू)हरुको साँस्कृतिक नाच या?लाःङ् (धान नाच) पनि नाचिएको थियो। कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युएइका अध्यक्ष कमल बहादुर लाओती, थुप्पोको थेबे लिम्बू समाज युएइका अध्यक्ष पोबो थेबे सेमी, युमा साम्यो महासभा युएइका कार्यवाहक अध्यक्ष राम योङहाङ बैदारे ठूले, किरात धर्म तथा साहित्य उत्थान संघ युएइकी अध्यक्ष शिवरात्री नाल्बोले कार्यक्रमले युएइमा रहेका याक्थुङ (लिम्बू)जन्य संघ–संस्थाहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाएको बताए।

कार्यक्रम युमा साम्यो महासभा युएइका उपाध्यक्ष गोविन्द कुमार लुम्फुवाँको संयोजनमा सम्पन्न भएको कार्यक्रमको अगुवाई गर्ने संस्था किरात याक्थुङ चुम्लुङ युएइकी प्रवक्ता भूमी इधिङ्गो लिम्बू यम्भामीले जानकारी दिइन्।

तस्विरहरुः भूमी इधिङ्गो लिम्बू यम्भामी