३ जेठ २०८२, पाँचथर। राष्ट्रिय युवा संघ नेपाल पाँचथरको आठौं जिल्ला अधिवेशन शनिबार सदरमुकाम फिदिममा सम्पन्न भएको छ।
अधिवेशनको वन्द शत्रले मदन लाओतीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ। नव निर्वाचित कार्य समितिको उपाध्यक्षमा रितुवर्ण तुम्बापो, सचिव सुजन तुम्बापो, सहसचिव इल्लु मेन्याङबो र बेताब जबेगु त्यस्तै कोषाध्यक्षमा मनिला शेर्पा चयन भएका छन्।
अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले गरेका थिए। अधिवेशनमा नेकपा एमालेका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरुको उपस्थिति रहेको थियो।
