३१ वैशाख २०८२, पाँचथर। आफन्तको घरमा बसेर पढ्दै आएकी पाँचथरकी एक १५ वर्षीया त्राछाले शौचालयमा बच्चा जन्माएकी छिन्। नवजात शिशु भने मृत फेला परेको थियो।
फिदिम नगरपालिकाको एक विद्यालयमा कक्षा–९ मा अध्ययनरत ती छात्राले शौचालयमा शिशु जन्माएको बताइएको छ। बुधबार बिहान एक बजे ती त्राछाले शौचालयमा शिशु जन्माएकी थिइन्। नवजात शिशु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
ती किसोरीलाई प्रहरी चौकी नांगीनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो। अत्यधिक रक्तश्राब भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। मृत शिशुलाई पोष्टमार्डमका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी, प्रहरी निरीक्षक रुपेश तामाङले बताए।
घटनापछि प्रहरीले घरधनीलाई पनि नियन्त्रणमा लिएको छ।
