दक्षिण कोरिया
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) जेजु प्रान्त क्षेत्रिय कार्यसमिति दक्षिण कोरीयाको व्यवस्थापन अर्थात सह-आयोजना र नेपाली राजदूतावास सिओल, दक्षिण कोरियाको आयोजनामा राहदानी, ड्राइभिङ लाइसेन्स नवीकरण घुम्ती सेवा २०२५ मे ११ तारिख जेजूदो मा सम्पन्न भएको छ ।
जेजूप्रान्तमा अवस्थित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनमा नेपाली राजदूतलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । एनआरएनए जेजुदो क्षेत्रीय कार्यसमिति अध्यक्ष गोकुल शर्माको अध्यक्षतामा प्रमुख अतिथि नेपाली राजदूत महामहिम डा. शिवमाया तुम्बाहाम्फे, विशिष्ट अतिथि आइसिसी सदस्य भीम गुरुङ, विशिष्ट अतिथि एनआरएनए दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष बुद्धि गुरुङ, अतिथिहरू एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष हरिप्रसाद भट्टराई र सुनिल कन्दङवा Global ime bank का प्रतिनिधि किशोर धामी, लगायत जेजूमा रहेको विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थितमा प्रमुख अथिति, बिशेष अथिति, एनआरएनए जेजुप्रान्तका संस्थापक अध्यक्ष कोमल प्याकुरेलले शुभकामना मन्तव्य राखेका थिए ।
घूम्ती सेवा बाट सेवाग्राहीहरूले जम्मा १०८ जना मध्ये राहदानी नवीकरण ९७ जनाले, ड्राइभिङ लाइसेन्स प्रमाणीकरण १० जनाले र इन्सुरेन्स सम्बन्धी एक जनाले सेवा प्राप्त गरेका छन ।
उक्त कार्यक्रमको पावन अवसर पारेर किरात याक्थुङ चुम्लुङ जेजूदो शाखा, परिवार र एनआरएनए को तर्फ बाट महामहिम लाई सम्मान स्वरूप माया को चिनो अध्यक्ष सुष्मा नाल्बो र गोकुल शर्माले प्रदान गरेको थियो ।