२८ वैशाख २०८२, धरान। उद्यमशीलताको क्षेत्रमा नयाँ सोच र नवप्रवर्तकको प्रवद्र्धन तथा नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्नुका साथै स्थानीय समुदायको उत्थानमा योगदान पुर्याउने उद्देश्यले एलिसन हस्पिटालिटी प्रा.लि.ले इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुका बीचमा पर्यटन प्रोजेक्ट सोकेस–कोशी कार्यक्रमकोे आयोजना गर्ने भएको छ ।
उक्त सोकेस कार्यक्रम प्रतिस्पर्धात्मक तरिकाले गर्न लागेको हो । प्रतिष्पर्धामा नेपारभरबाट इन्जिनियरिङ (सिभिल तथा आर्किटेक्ट) विषय अध्ययन गरिरहेका २१ वटा विद्यार्थीको टिमले सहभागिताका लागि आवेदन दिएका छन् । सो आवेदनबाट १० टिम छनौंट गरिएको छ । उक्त छनौट प्रक्रियामा एक्मी कोस्टर टिम एक्मी इन्जिनियरिङ कलेज, एग्रो भिलेज टिम नेपाल इन्जिनियरिङ कलेज, बियोण्ड द ब्रिउ टिम ख्वपा इन्जिनियरिङ कलेज, टिम कोशी एक्स्प्लोरर टिम पुल्चोक क्याम्पस, पाथफाइण्डर टिम पुल्चोक क्याम्पस, केटुपिए टिम पुल्चोक क्याम्पस, विनर टिम पुल्चोक क्याम्पस, स्केच स्क्वायर्ड पुल्चोक क्याम्पस, रुरल रिड्ज विल्डर्स टिम नेपाल इन्जिनियरिङ कलेज, पुल्चोक इयर फाइभ पुल्चोक क्याम्पसबाट छनौट भएका छन् ।
छनौट भएका १० टिमले कन्सेप्ट पेपरमा तोकिएको स्थल डाँडाबजार, राजारानी, रौता पोखरी, सोलु, संखुवासभा, पानीटार इलाम, सूर्याेदय अन्तु इलाम, माइपोखरी, ओखलढुंगा लिखु, मुन्धुम सर्किटलगायत क्षेत्रको परियोजनाहरु छनौटमा परेका छन् ।
सोहि परियोजनाको विषयमा जानकारी तथा विभिन्न कलेजका विद्यार्थीहरुले तयार पारेको कार्यक्रम बारे सुनसरीको धरानमा शुक्रबार पत्रकार भेटघाट तथा छलफलको आयोजना गरी जानकारी गराईएको हो ।
सो क्रममा एलिसन हस्पिटालिटी प्रा.लि.का अध्यक्ष अलिना मगरले परियोजनामा भाग लिने प्रतिस्पर्धीहरुले उक्त स्थलमा गएर स्थलगत अध्ययन पश्चात सो प्रोजेक्टको ड्रयङ्ग, थ्री डी, प्रोजेक्टको डमी, प्रोजेक्ट प्रेजेन्टेशन तयार गरी पेश गरेको जानकारी दिईन् ।
तयार भएका उक्त मोडेलहरुलाई काठमाडौंमा ३ दिन प्रदर्शनी गरिने पनि उनको भनाई छ । प्रदर्शनी यहीँ जेठ ९ गतेदेखि ११ गतेसम्म सोह्रखुट्टेस्थित होटल जी रामायणामा प्रदर्शनी हुनेछ ।
यसै परियोजनाको डेमो प्रदर्शनी देखाउने सिलसिलामा एक्मी एक्स्प्लोरर, रुरल रिड्र्ज विल्डर्स र केटुपिएले शुक्रबारै धरान–१ स्थित उद्योग बाणिज्य संघको सभहलमा आफ्ना परियोजनाहरुको प्रस्तुती दिएका थिए । प्रतिस्पर्धात्मक प्रतिभा देखाउने यो अवसर विद्यार्थीहरूलाई आफ्नो रचनात्मक सोच प्रस्तुत गर्न तथा व्यावसायिक रुपमा अगाडि बढ्न प्रेरित गरेका छन् । जहा एक्मी इन्जिनियरिङ कलेजका सागर कडेल (एक्मी कोस्टर) पुल्चोक क्याम्पसका आकृति पुन (केटुपिए) र नेपाल इन्जिनियरिङका अभिषेक गुभाजु रुरल रिड्ज टोपिकमा आ–आफ्ना प्रोजेक्ट बारे बिस्तृत जानकारी गराएका थिए ।
नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्न, नवीन संरचना तथा अवधारणाहरू विकास गर्न, तथा स्थानीय समुदायको उत्थानमा योगदान पु¥याउन यो प्रतियोगिता महत्वपूर्ण हुने एलिसन हस्पिटालिटी प्रा. लि का निर्देशक सगुन थापा मगरले बताए । उनका अनुसार प्रतियोगिता गराउनुको प्रमुख उद्देश्य नवीन तथा दिगो पर्यटन संरचना तथा योजना विकास गर्ने, स्थानीय सम्पदाको प्रवद्र्धन गर्ने, पर्यटन व्यवसाय प्रवद्र्धनमा नयाँ उपायहरूको खोजी गरी विद्यार्थीहरूलाई व्यावसायिक स्तरमा अवसर प्रदान गर्ने रहेको छ । त्यस्तै सोहि क्रममा संतोष धमलाले यसखाले प्रदर्शनीमा लगानीकर्ताहरुलाई अवलोकनका लागि आह्वान गरिनेछ । नवप्रवर्तक विद्यार्थीहरु र लगानीकर्तालाई जोड्नका लागि आयोजकले पुलको कार्य गर्नेछ । यसैगरी सो कार्यक्रममा संघीय सरकार, प्रदेश सरकार, स्थनीय निकाय, योजना आयोग, एनआरन, उद्योग वाणिज्य संघ, लगानी बोर्ड, पर्यटन बोर्ड, बित्तिय संस्था, विद्यार्थी लगायतको उपस्थिति गराईने पनि आयोजकको भनाई छ ।
त्यस्तै आयोजकका अनुसार प्रतियोगिताको फाइनल राउण्डमा ७ जनाको विज्ञ निर्णायकको टोलीले बिजेताहरु घोषणा हुनेछ भने प्रथम हुने टिमलाई नगद रु.१ लाख, द्वित्तीयलाई नगद रु. ५० हजार, तृतियलाई रु. २५ हजार र सहभागी सम्पूर्ण टिमले रु. १० हजार साथै प्रमाणपत्र, एवं आकर्षक गिफ्ट पाउने पनि आयोजकले जनाएको छ । काठमाडौंको प्रदर्शनीपश्चात सो प्रोजेक्टहरु कोशी प्रदेशमा पनि सोकेसिङ गरिनेछ । जसले गर्दा विद्यार्थीहरुको एक्सपोजर हुनका साथै उनीहरुलाई थप उर्जा प्राप्त हुने आयोजकको बिश्वास छ ।
