Advertisement Ad

Advertisement Ad

‘सुर्केपुङ’ पालामको छायांकन सम्पन्न

काठमाडौ : लिम्बु भाषाको पालाम ‘सुर्केपुङ’को छायांकन सकिएको छ । धनकुटाको विभिन्न ठाउँमा छायांकन गरिएको पालामको निर्देशन मनि ताम्लिङ लिम्बुले निर्देशन गरेका हुन । सागर केरुङ्को शब्द, गोमा लिम्बू योङ्हाङ्को लय संकलन रहेको पालामलाइ बिबस नेम्बाङ र गोमा योङ्हाङ्ले स्वर दिएका छन । ओपेरा इन्टरटेन्मेन्टद्वारा निर्माण गरिएको पालाममा विशाल सेनेहाङ, कमल दिप तिगेला, छ्त्र तिगेला लिम्बु , भुपाल चेम्जोङ (खाम्बेक लुङ), के जी सुब्बा, चन्द्र सिङ नेम्बाङ, मिना लिम्बु, मनकला लिम्बु, नुमा चोङ्बाङ लिम्बु, रबिना पाक्साङ्वा लिम्बु, नुमा अनुसा लिम्बु लगायतले अभिनय गरेका छन भने हेमन्त तामाङ्ले छायांकन गरेका छन ।