Advertisement Ad

Advertisement Ad

फिदिममा निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर हुँदै

रजनी हाङसरुम्बा

५ जेठ २०८२, पाँचथर। जिल्ला अस्पताल पाँचथरमा यहीँ जेठ ९ र १० गते स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुँदैछ।

भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक एवम् प्राविधिकहरु सँगको सहकार्यमा फिदम नगरपालिकाले शिविर सञ्चालन गर्न लागेको हो।

शिविरमा दुई हजार महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गर्ने लक्ष्य राखिएको छ। शिविरमा भिडियो एक्सरे, अल्ट्रासाउण्ड सेवा पनि उपलब्ध हुनेछ।

शिविर जेठ ९ र १० गते बिहान आठ बजेदेखि साँझ छ बजेसम्म सञ्चालन हुने फिदिम नगरपालिका, स्वास्थ्य शाखा प्रमुख ओम प्रकाश यादवले बताए।

फिदिम नगरपालिकाका नगर प्रमुख मित्र प्रसाद काफ्लेले विशेषज्ञ चिकित्सक र प्रविधि सहितको शिविरमा सहभागिताका लागि आह्वान गरेका छन्।