Advertisement Ad

प्रथम किरात गोल्डकपः पाँचथरको विजय सुरुवात

Advertisement Ad

१६ मंसिर २०८०, पाँचथर। शनिबारदेखि सुरु भएको भएको प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रण किरात गोल्डकप फुटवल प्रतियोगितामा आयोजक पाँचथर फुटवल क्लवले विजय सुरुवात गरेको छ।

फिदिम खेलमैदानमा शनिबार भएको प्रतियोगिताको उद्घाटन खेलमा मित्तेरी फुटवल क्लव तेह्रथुम विरुद्ध २–० को जीत निकाल्दै पाँचथरले विजय सुरुवात गरेको हो। पाँचथरको लागि खेलको ४३ औं मिनेटमा सुकराज राईले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको अतिरिक्त समयमा बिषाल भण्डारीले गोल गर्दै अग्रता दोब्बर पारे।

खेलको अतिरिक्त समयमा तेह्रथुमको तर्फबाट खेलेका दुई विदेशी खेलाडी ग्लोरी र पेपेलाई अभद्र व्यवहार देखाएको भन्दै प्रमुख रेफ्रि राजु थापा मगरले क्रमशः रातो कार्ड देखाएका थिए। त्यसपछि मैदानमा तनाब सिर्जना भएको थियो । तेह्रथुमका अफिसियल मैदानभित्रै प्रवेश गरेका थिए।

खेलको अत्तिरिक्त समय सकिन करीब दुई मिनेट बाँकि हुँदा मित्तेरी फुटवल क्लव तेह्रथुमको खेलाडीले मैदान छाडेर हिंडेपछि प्रमुख रेफ्रि राजु थापा मगरले अन्तिम ह्वीसेल बजाएसँगै पाँचथर २–० ले विजयी बनेको हो।

खेलको म्यान अफ् दि म्याज पाँचथर फुटवल क्लबका बिषाल भण्डारी बने। उनले नगद पाँच हजार रुपैंयाँ प्राप्त गरे।

प्रतियोगिताको बाँकि खेलः
मंसिर १७ गते १ः३० बजे रेडहर्ष फुटवल क्लव इलाम–बिर्तामोड युनाइटेड क्लव झापा
मंसिर १८ गते १ः३० बजे डि.एफ.सी मोरङ–युनाईटेड फुटवल क्लव दार्जिलिङ, भारत
मंसिर १९ गते १ः३० बजे कर्णसिं सोनाम स्मृति क्लव ताप्लेजुङ–हिमालयन शेर्पा क्लव काठमाण्डौ