Advertisement Ad

Advertisement Ad

प्रथम किरात गोल्डकपको पहिलो दिन आज पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना गर्दै

१६ मंसिर २०८०, पाँचथर। सदरमुकाम फिदिमस्थित फिदिम खेलमैदानमा आज (शनिबार) देखि प्रथम वाइ वाइ अन्तराष्ट्रिय आमन्त्रित किरात गोल्डकप सुरु हुँदैछ।

प्रतियोगिताको औपचारिक उद्घाटन कार्यक्रम बिहान साँढे ११ बजेदेखि हुने आयोजक पाँचथर फुटवल क्लवका अध्यक्ष अनुराग केप्छाकी मगरले बताए।

औपचारिक कार्यक्रम सकिएपछि दिउँसो साँढे एक बजेदेखि प्रतियोगिताको उद्घाटन खेल सुरु हुने आयोजक संस्थाका सचिव राजु राईले जानकारी दिए।

उद्घाटन खेलमा आयोजक पाँचथर फुटवल क्लवले मित्तेरी फुटवल क्लव तेह्रथुमको सामना गर्नेछ। दुबै टोली पहिलो जीत दर्ता गर्ने मनोवलकासाथ मैदान उत्रिनेछन्।

२३ मंसिरसम्म चल्ने प्रतियोगितामा एक भारतीय र एक ए डिविजन क्लव सहित आठ टोलीको सहभागिता रहेको खेलकुद संयोजक अइन्द्र जबेगुले बताए।

प्रतियोगिताको खेल तालिकाः