Advertisement Ad

Advertisement Ad

पत्रकार देवानमाथि आक्रमण गर्ने तीन जना विरुद्ध किटानी जाहेरी

२२ मंसिर २०८०, विराटनगर। आवर विराटनगरका समाचार संयोजक पत्रकार प्रेम देवानमाथि सुनियोजित ढंगबाट आक्रमण गर्ने तीनजना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

विराटनगर महानगरपालिका परिसरमा आन्दोलनरत पक्षमा सामेल भएका रमेश मण्डल, अभिमन्यु यादव र मो.रायन विरुद्ध जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिईएको हो ।

विराटनगर–७ सातघुम्तीस्थित कवाडी गोदाममा गत बुधबार भएको आगलागी नियन्त्रणमा स्थानीय सरकार उदासिन भएको भन्दै बिहिबार एउटा समुहले विरोध कार्यक्रम राखेको थियो । उक्त विरोध कार्यक्रमको समाचार संकलनका लागि बोलाएर महानगर परिसरमा देवानमाथि आक्रमण भएको थियो ।

आक्रमण सुनियोजित ढंगबाट गराइएको देखिएपछि फोन गरेर बोलाउने मो.रायन, कार्यस्थलमा धम्की दिदै भिडियो नखिच्न भन्ने अभिमन्यु यादव र देवानलाई नियन्त्रणमा लिएर घिसार्दै भीडतर्फ लैजाने रमेश मण्डल विरुद्ध जाहेरी दिईएको पीडित देवानले जानकारी दिए ।

आक्रमणपछि नेपाल पत्रकार महासंघ, संघ तथा संगठनले घटनाको भत्सर्ना गरेका छन् । घटना भएकै दिन बुधबार रातीदेखि रिपोर्टिङका लागि भन्दै देवानलाई मो.रायनले बोलाएका थिए ।बिहिबार समेत उनले बोलाएर देवान महानगर पुगेका थिए ।

(आवर विराटनगरबाट)