Advertisement Ad

Advertisement Ad

याङवरकमा पहिचानका लागी युवा दस्ता गठन

२२ मंसिर २०८०, पाँचथर। जिल्लाको याङवरक गाउँपालिकामा पालिकास्तरीय पहिचानका लागि युवा दस्ता गठन गरिएको छ।

याङवरक गाउँपालिकाको केन्द्र थर्पु बजारमा बिहीबार सम्पन्न पहिचानवादीहरुको भेलाले प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्यीय समिति गठन गरेको हो। समितिको सह–संयोजकमा नरकुमार माङमु, नवीन काम्बाङ, सन्तोष बेघा, श्याम योङया र तिलबिक्रम योङहाङ चयन भएका छन्।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति याङवरकका संयोजक दिलकुमार लक्समको अध्यक्षतामा भएको भेलाले प्रदेश पुनः नामाङ्कनका लागि प्रदेशब्यापी रुपमा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउने उदेश्यले युवा दस्ता गठन गरेको बताइएको छ।

भेला कार्यक्रम पहिचानका लागि युवा दस्ता याङवरकका इन्चार्ज भरत राई र सह–इन्चार्ज सुमन सहयात्री लगायतको उपस्थितिमा सम्पन्न भएको संयोजक लक्समले जानकारी दिए।