२२ मंसिर २०८०, पाँचथर। पाँचथरे गायक सुयन आङदेम्बेको ‘तिमी मेरो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
बुद्धराज लिम्बूको शब्द, संगीत र एरेन्ज रहेको गीतको भिडियोको निर्देशन पनि बुद्धराज आफैंले गरेका छन्। उक्त भिडियोमा सुयनसँगै जेसिका योङहाङले अभिनय गरेका छन्।
निशान लुईंटेलको छायाङ्कन, ज्योति बेघाको श्रृङ्गार र बरदान लिम्बू इङ्वाको सम्पादन रहेको उक्त भिडियो वरदान प्रोडक्सन युट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो।
यसअघि जुनिता तुम्बापोको स्वरमा फिमेल भर्सनमा आएको यो गीतको भिडियो सुयनको स्वरमा मेल भर्सनमा आएको हो।
भिडियोः
