Advertisement Ad

संकल्प यात्रालाई सहयोग गर्न पहिचान पक्षधरलाई एमालेको आग्रह

Advertisement Ad

२७ मंसिर २०८०, पाँचथर। नेकपा एमालेले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’लाई सहयोग गर्न आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरेको छ।

सदरमुकाम फिदिममा बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेले जारी संकल्प यात्रा कुनै समूह, पार्टी र संगठनका बिरुद्ध नभएको स्पष्ट पारेको हो। अभियान अन्तर्गत पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयंम्ले आन्दोलनरत पहिचान पक्षधरसँग खुला छलफल गर्ने इच्छा व्यक्त गरेको पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य वशन्त कुमार नेम्बाङले बताए। उनले आन्दोलनरत पक्षलाई बन्द, हड्तालको कार्यक्रम स्थगित गरेर छलफलमा आउन समेत आग्रह गरे।

विद्यमान समस्याहरुको पहिचान र समाधानका लागि प्रयास गर्ने भन्दै नेकपा एमालेले मंसिर १४ गतेदेखि मध्यपहाडि लोकमार्ग अन्तर्गत बैतडीको झुलाघाटबाट सुरु गरेको संकल्प यात्रा पुष १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुँदैछ। सोहि अवशरमा एमालेले मंसिर ३० गते सदरमुकाम फिदिममा आमसभ गर्ने कार्यक्रम तय भएको छ। अध्यक्ष ओली सहितको टोलि मंसिर ३० गते तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने कार्यक्रम छ।

फिदिमको आमसभा पछि पुष १ गते मध्यपहाडि लोकमार्गको प्रश्थानविन्दु पाँचथरको याङवरक गाउँपालिकास्थित चिवाभञ्ज्याङमा एक समारोहकाबीच अध्यक्ष ओलीले संकल्प यात्राको समापन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवंम् प्रतिनिधिसभा सदस्य नेम्बाङले जानकारी दिए।

नेकपा एमाले नेतृत्वको तत्कालीन प्रदेश सरकारले जबरजस्त ‘कोशी’ नाम राखेको र एमाले अध्यक्ष ओलीले पहिचान पक्षधरलाई आतङ्ककारी र अपराधी करार गरेको भन्दै आक्रोशित बनेका आन्दोलनरत पक्षले सो संकल्प यात्रालाई बिथोल्ने तयारी गरेको बुझिएको छ।