Advertisement Ad

Advertisement Ad

केशरसिंह–मनु राई स्मृति रनिङ कपः पूरुषतर्फ न्यू स्टार झापा र महिलातर्प याङनाम पाँचथर च्याम्पियन

११ पुस २०८०, पाँचथर। याङवरक गाउँपालिका–१, च्याङथापुमा आयोजित केशरसिंह–मनु राई स्मृति रनिङ कप फुटवल प्रतियोगिताको उपाधी झापाको न्यू स्टार क्लवले उचालेको छ।

बुधबार च्याङथापु बजारमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा च्याङथापु स्पोर्टिङ क्लवलाई १–० ले स्तब्ध पार्दै न्यू स्टार झापाले उपाधी उचालेको हो। न्यू स्टारका लागि पहिलो हाफको इन्जुरी समयमा सौगात तामाङले गरेको गोल नै निर्णायक बन्यो।

जीतसँगै न्यू स्टार झापाले नगद १ लाख ७५ हजार रुपैंयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्यो। उपविजेतामा सिमित च्याङथापु स्पोर्टिङ क्लवले नगद १ लाख, ट्रफि, मेडल र प्रमाण पत्रमा चित्त बुझायो।

महिलातर्फ भने नाम्साङ जनसरोकार समाज याङनाम विजेता बन्यो। तिर्थ लिम्बूको गोलको मद्वतमा न्यू लाइट युनाइटेड क्लव ताप्लेजुङलाई १–० ले हराउदै नाम्साङ जनसरोकार समाज प्रथम भएको हो। उसले ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद १ लाख रुपैंयाँ प्राप्त गर्यो।

उपविजेतामा सिमित बन्न पुगेको न्यू लाइट युनाइटेड ताप्लेजुङले ट्रफि, मेडल र प्रमाण पत्र सहित नगद ५० हजारमा चित्त बुझाउनु पर्यो।

केशरसिंह–मनु राई परिवारले प्रयोजन गरेको प्रतियोगिता हेभेन्ली पाथ याङवरक–१ च्याङथापुको आयोजनामा सम्पन्न भएको हो।