Advertisement Ad

Advertisement Ad

समाजवादी युवा संघ प्रदेश समिति पुनर्गठन, अध्यक्ष टाइसन केरुङ

१४ पुस २०८०, सुनसरी। जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघ नेपालको १ नं.प्रदेश समिति पुनर्गठन भएको छ।

सुनसरीको इटहरीमा सम्पन्न भेलाले टाइसन केरुङको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो। पुनर्गठित समितिको उपाध्यक्षमा निशन किराती (धनकुटा), सरोज यादब (मोरङ), दिनेश राई (भोजपुर), मूख्य सचिव अमिर मगर (मोरङ), सचिव गुञ्जन माझी (सुनसरी), आङेदा शेर्पा (ओखलढुंगा) र देबेन्द्र माझी (मोरङ) रहेका छन्। समिति ३४ सदस्यीय रहेको छ।

समितिलाई थप चलायमान बनाउदै युवाहरुलाई रचनात्मक र सिर्जनात्मक कार्यमा अग्रसर गराउने पुनर्गठित समितिका अध्यक्ष केरुङले बताए। अहिले १ नं.प्रदेशमा भइरहेको पहिचानको आन्दोलनलाई समेत समाजवादी युवा संघले सघाउ पुर्याउने केरुङले प्रतिक्रिया दिए।