Advertisement Ad

ताप्लेजुङमा नेपाल मगर संघको अन्तरक्रिया

Advertisement Ad

१४ पुस २०८०, पाँचथर। नेपाल मगर संघले शनिबार ताप्लेजुङमा अन्तरक्रिया कार्यक्रम समपन्न गरेको छ।

नेपाल मगर संघ १ नं.प्रदेश समितिको समन्वय एवंम् नेपाल मगर संघ ताप्लेजुङको आयोजनामा आठराइ त्रिवेणी गाउँपालिका–३, हाङपाङमा अन्त्ररक्रिया सम्पन्न भएको हो।

‘हाम्रो संकल्प संकल्प, शिक्षा, संगठन, संघर्ष र समृद्धि, चार ‘स’ अभियान मार्फत् मगर समाजको उन्नती’ अभियान अन्तर्गत अन्तरक्रिया गरिएको हो।

नेपाल मगर संघका १ नं.प्रदेश समिति अध्यक्ष तेच कुमार आले मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अन्त्ररक्रियामा विभिन्न विषयमा छलफल भएको थियो।

अन्तरक्रियामा नेपाल मगर संघका १ नं.प्रदेस सचिव लोकेन्द्र लामिछाने मगर, प्रदेश सदस्य कुमारी मगर र पाँचथर सचिव प्रेम बहादुर केप्छाकी मगरको पनि उपस्थिति रहेको थियो।

कार्यक्रम नेपाल मगर संघ ताप्लेजुङका अध्यक्ष गणेश बहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको सचिव मणि राना मगरले बताए।