Advertisement Ad

कोशी प्रदेश मूख्यमन्त्रीका लागि चार दिनभित्र दाबि पेश गर्न आह्वान

Advertisement Ad

१२ साउन २०८०, पाँचथर । सर्वोच्च अदालतले मूख्यमन्त्री उद्धव थापाको नियुक्ति असंवैधानिक भएको ठहर गर्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मूख्यमन्त्रीका लागि दाबि पेश गर्न आह्वान गरेको छ ।

प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेसभा सदस्यलाई १६ साउन अपरान्ह ५ बजेभित्र मूख्यमन्त्रीमा दाबि पेश गर्न आह्वान गरेका हुन् ।

मूख्यमन्त्री थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले संविधानको धारा १६८ (२) बमोजिम १७ साउनभित्र मूख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरु नयाँ प्रदेश सरकार निर्माणका लागि गृहकार्यमा जुटेको बुझिएको छ ।

दाबि पेश गर्न आह्वान गर्दै प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ती :