Advertisement Ad

फिदिमका संस्थागत विद्यालयलाई नगरको पत्र– शिक्षक र कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब सुबिधा दिनु

Advertisement Ad

१३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका संस्थागत विद्यालयहरुलाई शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसार तलब सुबिधा दिन पत्र लेखेको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४ माध्यमिक र ९ आधारभूत गरी १३ संस्थागत विद्यालयहरुलाई शुक्रबार पत्र लेखेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङद्वारा हस्ताक्षरित पत्रमा शिक्षक, कर्मचारीलाई सामुदायिक विद्यालयले उपलब्ध गराउने सरहको तलब, सुबिधा दिन भनिएको छ ।

पत्रमा ज्येष्ठताका आधारमा ग्रेड बृद्धि गर्न, सञ्चय कोषको व्यवस्था गर्न, बिरामी तथा अध्ययन बिदाको व्यवस्था गर्न साथै बैंक मार्फत् तलब भुक्तानी गर्न भनिएको छ । नगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ को उपनियम २ मा संस्थागत विद्यालयले शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसार पारिश्रमि र दशैं खर्च उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था छ ।

संस्थागत विद्यालयहरुले अत्यन्तै न्यून तलब सुबिधामा शिक्षक, कर्मचारीलाई खटाएको गुनासो आएपछि मापदण्ड कार्यान्वयनका लागि पत्र लेखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले संस्थागत विद्यालयहरुलाई लेखेको पत्र हेर्नुहोस :