Advertisement Ad

पाँचथरमा यू–१९ फुटवल खेलाडी छनौंट शनिबार हुने

Advertisement Ad

१२ साउन २०८०, पाँचथर । आगामी असोजमा नेपालमा हुने साफ यू–१९ च्याम्पियनसिप फुटवलका लागि पाँचथरमा साउन १३ गते शनिबार खेलाडी छनौंट गरिने भएको छ ।

छनौंटमा सहभागि हुन इच्छुक खेलाडीलाई पाँचथर जिल्ला फुटवल संघले शनिबार दिउँसो १ बजे फाल्गुनन्द गाउँपालिका–१, नवमीडाँडास्थित सिद्धदेवी माविको खेलमैदानमा बोलाएको छ । जसका लागि साउन १२ गते ५ बजे सम्ममा नाम टिपाउन समेत संघले भनेको छ ।

छनौंटा आउने खेलाडीहरुको जन्ममिति १७ पुष २०६१ भन्दा पछिको हुनुपर्ने साथै सक्कल जन्मदर्ताको प्रमाण–पत्र वा नेपाली नागरिकताको प्रमाण–पत्र पनि साथैमा लिएर आउनुपर्ने पाँचथर जिल्ला फुटवल संघका उपाध्यक्ष युन्छोकहाङ् तुम्बापोले बताए ।

दक्षिण एसियाली फुटवल महासंघ (साफ) को कार्यक्रम अनुसार २०८० असोज ४ देखि १३ गतेसम्म साफ यू–१९ च्याम्पियनसिप फुटवल २०२३ नेपालमा हुँदैछ ।

पाँचथर जिल्ला फुटवल संघले जारी गरेको सूचना :