Advertisement Ad

पाँचथरको याङवरकमा आईएनएफद्वारा विपत् पूर्व तयारी सामग्री वितरण

Advertisement Ad

१३ साउन २०८०, पाँचथर । जिल्लाको याङवरक गाउँपालिकामा विपत् पूर्व तयारी सामग्री वितरण गरिएको छ ।

गाउँपालिकाका विभिन्न निकायलाई इन्टरनेशल नेपाल फेलोसिप (आईएनएफ) ले विपत् पूर्व तयारी सामग्री प्रदान गरेको हो । वडा कार्यालय, स्वास्थ्य चौकी र प्रहरी चौकीलाई सामग्री प्रदान गरिएको आईएनएफका प्रतिनिधि ताराहाङ तावाले बताए ।

त्रिपाल १० थान, स्ट्रेचर २५ थान, फस्ट एड बक्स २० सेट, हेल्मेट ५० थान, कृप ब्यान्डेज १० थान, फायर स्ट्रेङ्गीचर १२ वटा, पञ्जा सय थान, सिटी ४० वटा र मेडिकल टेन्ट एक थान वितरण गरिएको हो ।

प्राकृतिक विपतबाट हुने क्षतिलाई न्यूनिकरण गर्न त्यहाँ सञ्चालित निशूल्क स्वास्थ्य शिविरओ अवशर पारेर विपत् पूर्व तयारी सामग्री वितरण गरिएको हो । आईएनएफको सहयोग तथा जिल्ला अस्पताल पाँचथर र याङवरक गाउँपालिकाको आयोजनामा निशूल्क स्वास्थ्य शिविर समेत सञ्चालन भएको थियो ।