Advertisement Ad

संस्थागत विद्यालयलाई गरिएको परिपत्र अव्यवहारिक !

Advertisement Ad

बीरमान तुम्बापो

१३ साउन २०८०, पाँचथर । फिदिम नगरपालिकाले शुक्रबार नगर क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयहरुलाई विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई सरकारी मापदण्ड अनुसारको तलब, सुबिधा उपलब्ध गराउन निर्देशन सहितको पत्र लेखेपछि त्यस उपर विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । नगरपालिकाको उक्त कार्यको प्रशंसा पनि भइरहेको छ भने केहिले उक्त निर्णय अव्यवहारिक रहेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रस्तुत छ, यसबारे संस्थागत विद्यालय अभियन्ता बीरमान
तुम्बापोले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको बिचार :

– नगरपालिकाले सबैभन्दा पहिले विद्यार्थी बिनाका विद्यालयहरुको व्यावस्थापन गर्नुहोस् ।

– आधारभूत तहमा बालबिकास सहित ६ ओटा कक्षा, विद्यार्थी संख्या जम्मा १०÷१२, शिक्षक÷कार्यालय सहयोगि सहित ३÷४ जना हुन्छन्, कति अवैज्ञानिक छ ?

– सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर एक सयमा लगभग १० प्रतिशत जति मात्रै गुणस्तर छ । यो सुधार्नुहोस्, किन यस्तो भइरहेको छ ?

– प्रत्येक आधारभूत तहमा त्यति थोरै विद्यार्थी भएको विद्यालयमा कार्यालय सहयोगि के का लागि चाहिन्छ ?

– ग्रेड व्यावस्थापन तथा शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्नुहोस् ।

– ऐनको कुरा गर्ने हो भने धेरै सामुदायिक विद्यालयहरु आफैं ऐन बिपरित छन् । ऐन अनुसार विद्यालयलाई होइन विद्यालयको अवस्था अनुकुल ऐन संशोधन गर्नुहोस् ।

– संस्थागत विद्यालयका शिक्षकहरुले गुनासो गरेको जस्तो लाग्दैन । किनकी ! संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुलाई राम्ररी थाहा छ कि, संस्थागत विद्यालय कसरी चलिरहेका छन् ?

– संस्थागत विद्यालयले शिक्षक नियुक्ति गर्दा तलव, सेवा सुविधाको पूर्व र पूर्ण जानकारी गराई आन्तरिक सम्झदारीमा, दुईपक्षिय सहमतिमा नियुक्ति गरिन्छ ।

– जहाँसम्म सञ्चय कोषको कुरा छ, यो असम्भव छ, किनकी ! कुन शिक्षकले कतिबेला छोडेर जान्छ, टुङ्गो हुँदैन ।

– फिदिम नगरपालिकाभित्र एक–दुई वटा बाहेक धेरै संस्थागत विद्यालयहरु त्यति सम्पन्न छन् जस्तो लाग्दैन ।

– संस्थागत विद्यालयको आम्दानीको स्रोत भनेकै अभिभावकहरुले तिर्ने सिमित शूल्क हो । खर्चका बाटोहरु असिमीत छन्, र मलाई संस्थागत विद्यालयहरुले त्यति धेरै शुल्क असुलेको जस्तो पनि लाग्दैन ।

– र नेपालमा संस्थागत विद्यालय खोल्नु कसैको लागि रहर होला, तर हामी अभिभावकहरुका लागि भने बाध्यता हो । सामुदायिक विद्यालयको गुणस्तर बढाउनुहोस्, निजि विद्यालय आफैं बन्द हुन्छन् ।

(प्रस्तुत बिचार र सुझाबहरु पंक्तिकारको नीजि बिचार हुन् । सं.)

नगरपालिकाले पठाएको पत्र हेर्नुहोस :