१३ साउन २०८०, पाँचथर । अखिल (क्रान्तिकारी) पाँचथरले भ्रष्टाचार विरुद्ध १७ सय हस्ताक्षर संकलन गरेको छ ।
संकलित हस्ताक्षर शनिबार जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत गृह मन्त्रालयमा पठाईएको अखिल (क्रान्तिकारी) पाँचथरकाअध्यक्ष सन्दिप तुम्रोकले बताए ।
अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य चन्द्र माङमु र सूर्यमान बेघा लगायतको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमार्फत संकलित हस्ताक्षर गृह मन्त्रालय पठाईएको हो ।
भ्रष्टाचारलाई निर्मुल पारी मुलुकमा सुशासन कायम गर्न अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यक्रम अनुसार हस्ताक्षर संकलन गरीपठाईएको बताईएको छ ।
