Advertisement Ad

सडक बत्तीले फेरियो फिदिम बजारको रात्रीकालीन मुहार

Advertisement Ad

भिम चेम्जोङ पाँचथर, ३० असार आधुनिक सहरको रुपमा विकास भइरहेको पाँचथर सदरमुकाम फिदिम बजारको मेनरोडमा स्मार्ट स्ट्रिट लाइट जडान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा फिदिम नगरपालिकाले जडान गरेको स्मार्ट स्ट्रिट लाइटको हालै प्रतिनिधिसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्त कुमार नेम्बाङले उद्घाटन गरे । सडक बत्तीको उद्घाटन गर्दै नेम्बाङले सडक बत्ति सञ्चालनमा आएसँगै रात्रीकालीन समयमा सडक दुर्घटनासँगै आपराधिक क्रियाकलापमा कमि आउने विश्वास व्यक्त गरे ।

फिदिम बजार क्षेत्र (समर्पित अस्पताल–चारखम्बे) सम्म सडक बत्ती जडान गरिएको हो । जम्मा १७६ सडक बक्ति जोडिएको फिदिम नगरपालिकाका मेयर मित्र प्रसाद काफ्लेले बताए । त्यति सडक बत्ती जोड्न एक करोड २१ लाख तीन हजार ४०३ रुपैंयाँ खर्च भएको नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपानेले बताए । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा जोडिएको सडक बत्तीका लागि नगरपालिकाको मात्र ७३ लाख २० हजार १७४ रुपैंयाँ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले बताए ।

स्मार्ट स्ट्रिट लाइट जोडिएसँगै रातीको समयमा फिदिम बजार चमकदार र रोमाञ्चक देखिएको बजारबासीले बताएका छन् । सडक बत्तिले फिदिम बजारको रात्रीकालीन रुप नै परिवर्तन भएको फिदिमबासीले बताएका छन् ।