Advertisement Ad

हङकङ यात्रामा नायिका निसाम (भिडियो कुराकानी)

Advertisement Ad

२ भदौ २०८०, पाँचथर । नायिका निसाम तुम्बापो यहिं अगस्त २२ मा हङकङ उड्दैछिन् । आफू अभिनित लिम्बू कथानक चलचित्र ‘थिम्’ को प्रिमियर शो को सिलसिलामा उनी हङकङ जान लागेकी हुन् ।

यहिं अगस्त २७ साँझ साँढे ६ बजे हङकङस्थित यउमातेई कम्युनिटी हलमा ‘थिम्’ को प्रिमियर शो हुँदैछ । चलचित्रका निर्देशक यलम्बर खम्बु र अर्की नायिक बबिता फोम्बो सहित निसाम हङकङमा देखिनेछिन् ।

निसामले केहि म्यूजिक भिडियो र अर्को लिम्बू कथानक चलचित्र ‘लोजीमा’ मा पनि अभिनय गरेकी छिन् । पाँचथरको फिदिम नपा–५, चोकमागुकी निसाम छोंटो समयमै राम्रो चर्चा बटुल्न सफल नायिका हुन् ।

उनै नायिका निसामसँग सुम्हात्लुङ टाइम्सले तयार पारेको भिडियो कुराकानी हेरौं–

नायिक निसामसँगको भिडियो कुराकानी हेर्नुहोस :