Advertisement Ad

Advertisement Ad

किरात राई यायोक्खा दक्षिण कोरिया, जेजु दो शाखाको प्रथम अधिवेशन सम्पन्न

अर्जुन तुम्बापो

३० जनवरी २०२४, दक्षिण कोरिया। किरात राई यायोक्खाको दक्षिण कोरियास्थित जेजु दो प्रान्तमा वृहत भेटघाट कार्यक्रमसँगै प्रथम अधिवेशन जनवरी २७ मा सम्पन्न भएको छ।

अधिवेशनले कोपिल राईको अध्यक्षमा १५ सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। वरिष्ठ उपाध्यक्षमा मोहन राई, उपाध्यक्ष राज कुमार राई, सचिव निमेष राई, सह–सचिव विवेक राई, कोषाध्यक्ष सन्दिप राई, सह–कोषाध्यक्ष जितेन राई र सदस्यहरूमा सुवास राई, आषिश राई, पुर्ण राई, सुजन राई, सागर राई, पेसल राई, विकास राई, विपन राई निर्वाचित भएका छन्। संरक्षकमा सरु (सरिता) राई भएका छन्।

नव निर्वाचित समितिलाई यायोक्खा दक्षिण कोरिया केन्द्रका अध्यक्ष पुरण याम्फू राईले सपथ ग्रहण गराएका थिए। प्रवासी भूमिमा आइपर्ने विभिन्न समस्या समधान गर्न, आपसी सहयोगको भावनालाई बलिया बनाउन, आफ्नो भाषा, धर्म संस्कार संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्नको निम्ति जेजु दोमा पनि शाखा विस्तार गरिएको अध्यक्ष राईले बताए।

कार्यक्रममा किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रका अध्यक्ष राई, महासचिव छत्र राई, नेपाल आदीबासी जनजाती महासंघ जेजु दो शाखा अध्यक्ष गजिन हाङस्रोङ, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जेजु दो शाखा अध्यक्ष गोकुल शर्मा, किरात याक्थुङ चुम्लुङ दक्षिण कोरिया केन्द्रीय उपाध्यक्ष अर्जुन तुम्बापो, केन्द्रीय सदस्य सुष्मा नाल्बो लगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा विभिन्न जातीय, क्षेत्रिय संघ–संस्थाहरुका प्रमुख एवंम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।